Overblog
Edit post Follow this blog Administration + Create my blog
कृष्ण आचार्य

सबैभन्दा राम्री लागेकी केटी

ऊ मलाई फेसबुकमा सबैभन्दा राम्री लागेकी केटी थिई । लामो समयदेखि फेसबुक फ्रेन्ड हुँदासमेत फोटो र स्टाटसमा लाइक आदान–प्रदानबाहेक हामीबीचमा हाई–हेल्लो भएको थिएन । न उसले नै म्यासेज गरेकी थिई, न मैले नै । तस्बिरमा ऊ सुशील, शालीन, भद्र, सुन्दर देखिन्थी । उसले फेसबुकको वालमा पोस्ट गरेका तस्बिर हेरेपछि लाग्थ्यो उसमा एउटी नारीमा हुनुपर्ने सबै गुण छ । उसको तस्बिर जति सुन्दर हुन्थ्यो त्यति नै सुन्दर उसदे तस्बिर खिच्न प्रयोग गरेका लोकेसनहरु हुन्थे । म प्रकृति प्रेमी भएकाले पनि होला, ती लोकेशनले मलाई उत्ति नै लोभ्याउँथे । 
०००

                                                         

                                                                कृष्ण आचार्य


हिजो उसले ‘माई डे’ मा एउटा तस्बिर राखेकी रहिछ । निकै सुन्दर । र, त्यत्तिकै सुन्दर लोकेशन । म त्यस तस्बिरमा ‘रियाक्ट’ नगरी बस्न सकिन । र, पठाएँ ‘व्वाउ’ को ईमो । त्यसपछि हाम्रो संवाद सुरु भयो । उसँग बोल्न यस्तो आनन्द आइरहेको थियो कि म त्यसलाई शब्दमा व्याख्या गर्नै सक्दिनँ । न समय बितेको नै पत्तो लाग्यो । 
म भावनामा डुब्ने मान्छे अनि उ भावना । कहीँ कतै हाम्रो क्यामेस्ट्री मिलेको थियो । 
‘तिमी साह्रै राम्री लाग्छ’ एक प्रशंगमा मैले उसलाई भनेको थिएँ ।
जवाफमा उसले धन्यवाद फर्काई ।
‘धन्यवाद मात्र ?’ भने ।
‘अनि के त ? त्यसो भए मुरीमुरी धन्यवाद’ उसले भनी ।
‘मलाई त किटक्याट चाहिन्छ’ मैले रिप्लाई गरेँ ।
‘पोखरा आउनु अनि दिउँला नि’ उसले भनी । 
आहा ! पोखरा । साच्ची कति सुन्दर छ पोखरा । उ जस्तै । म एकछिन बहकिएँ ।
‘मलाई पनि डेरी मिल्क चाहिन्छ’ उसको अर्को म्यासेज आयो । 
हम्रो टेस्ट फरक रहेपनि मनपर्ने म चकलेट नै हरेछ नि, मैले मनमनै भनेँ ।
‘हस्, तर एउटाको साटो १० वटा चाहिन्छ नि’ मैले भनेँ ।
‘ल मैले एउटा दिने अनि हजुरले १० वटा है’, तरको पछाडी मलाई नजोडेको फाइदा उसले उठाइहाली ।
‘होइन मलाई चाहीँ, १० वटा चाहिन्छ’ ढिलै भए पनि मैले मलाई जोडिदिएँ ।
‘हुन्छ, त्यसोभए सुन्तला मिठाई है त’ उसले भनी ।
च्याटमै भएपछि एकछिन हामी दुवै हास्यौँ । मुस्कुराउँदा कस्ती देखिन्छे होली उ ? मैले कल्पना गर्न थालेँ ।

twitter: @krishna79606

Share this post
Repost0
To be informed of the latest articles, subscribe:
Comment on this post